काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा साढे १० घन्टाका लागि कर्फ्यु लगाएको छ।
आज मध्यान्न साढे १२ बजेदेखि कर्फ्यु लगाएको हो । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेपछि कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिममा एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्