काठमाडौ । जेनजी पुस्ताको आन्दोलन बढेपछि सुनसरी जिल्लाको इटहरी क्षेत्रमा अनिश्चित कालका लागि कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार उक्त क्षेत्रमा आज मध्यान्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) अनुसार चार किलोमिटरभित्रको क्षेत्रमा कर्फ्यु लागु गरिएको छ ।
उक्त क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ गर्न पाइनेछैन ।






प्रतिक्रिया दिनुहोस्