Skip to content

सिंहदरबार, नारायणहिटी, शितल निवास आसपासमा लाग्यो कर्फ्यु

nabil bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं सिंहदरबार, नारायणहिटी, शितल निवास आसपासमा कर्फ्यु लगाएको छ । कार्यालयले मध्यान्न १ बजेदेखि रातिको १० बजेसम्मका लागि कर्फ्यु लगाएको जनाएको छ ।

जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेपछि कर्फ्यु लगाइएको हो । कार्यालयका अनुसार शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर चोकदेखि पश्चिममा एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime