काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार बजारमा सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । सोमबार चाँदी २ हजार ४०० सय ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार बजारमा २ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्