काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज पदबाट राजीनामा दिएका छन् ।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
मन्त्री लेखकले साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली समक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामा बुझाएको स्रोतले पुष्ठि गरेको छ ।
आज जेनजीहरूले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भइसकेको छ । उक्त घटनापछि मन्त्री लेखकले नैतिक रुपमा राजीनामा दिएका हुन् ।






प्रतिक्रिया दिनुहोस्