काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ । जेनजी पुस्ताको आन्दोलनले उग्ररुप लिएपछि अहिले प्रहरीले रबरको गोली चलाएको छ ।
बानेश्वर संसद् भवनको परिसरमा युवा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले सो क्षेत्रमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।
भीड त्यसपछि पनि नहटेपछि अहिले बानेश्वर क्षेत्रमा रबरको गोली प्रहार भएको छ ।






प्रतिक्रिया दिनुहोस्