Skip to content

सेना प्रमुखसँगको बैठकपछि दुर्गा प्रसाईले भने- बालेन र सुशीला कार्की मध्ये जसलाई स्वीकार्छु

nabil bank

काठमाडौं । दुर्गा प्रसाईले प्रधानसेनापति अशोकराज सिग्देलसँगको लामो बैठकपछि जेनजी पुस्ताको आवाजलाई सम्बोधन गर्न शुशिला कार्की जो भएपछि नेतृत्व स्वीकार्न गर्न तयार रहेको छ ।

प्रसाईले प्रधानसेनापतिसँगको बैठकपछि आफुलाई नेतृत्वको मोह नरहेको तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर नभाग्ने र जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको बताए ।

बैठकपछि प्रसाईले फेसबुकमा लेखेका छन्

आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटो बारे गहिरो छलफल भयो । यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ, ‘मलाई नेतृत्वको मोह छैन ।’ देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु । आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो, गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ, भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi