काठमाडौं । जेनजी आन्दोलनकारीले मंगलबार सीजी नेटको मुख्य डेटा सेन्टरमा आगजनीका कारण इन्टरनेट सेवामा समस्या देखिएको छ । सो कम्पनीले सूचना जारी गर्दै ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण उत्पन्न घटनापछि सम्पूर्ण इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।
सीजी नेटले प्रयोगकर्तासमक्ष असुविधाप्रति क्षमा माग्दै छिट्टै सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले भनेको छ, ‘हामी सेवा यथाशीघ्र सुचारु गर्न प्रतिबद्ध छौं । घरमै बसौँ, सुरक्षित रहौँ ।’
हाल कम्पनीका प्राविधिक टोलीले डेटा सेन्टर पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्