काठमाडौं । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले लुटेको ३३ लाख ७० हजार नगद, केही थान हतियारसहित २७ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
सेनाका अनुसार भदौ २४ गते रातिको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । सेनाले भदौ २५ गतेको बिहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने २७ जनालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको छ । यस्तै काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल सहित ३१ नाल हतियार, म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरेको छ ।
अहिलेसम्म २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको जनाएको छ । साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्