Skip to content

कांग्रेस सभापति देउवाको सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै, उनी खतरामुक्त

nabil bank

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले मंगलबार बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण गरेका थिए । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।

जेनजी प्रदर्शनकारीहरूले उनको निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ ।

सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरू बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ । उनको अहिले स्वास्थ्य अवस्था खतरामुक्त छ ।’ आरजु देउवा राणा पनि सुरक्षित ठाउँमा छिन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime