Skip to content

 भाटभटेनीका २८ मध्ये २१ स्टोरमा क्षति, १२ वटा पूर्ण आगजनी

nabil bank

काठमाडौं । जेनजी आन्दोलनले भदौ २४ गते मंगलबार लगाएको आगलागीमा भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये सातबाहेक सबैमा क्षति पुगेको छ । मंगलबार भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा भएका स्टोरमा क्षति पुगेको हो ।

भाटभटेनी स्टोरले पढ्दै रोजगारीदेखि पूर्णकालीन रुपमा हजारौं युवालाई रोजगारी दिएको थियो । पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको अध्यक्ष मीनबहादुर गुरुङले बताएका छन् ।

भाटभटेनीका २८ स्टोरमध्ये १२ वटा स्टोरमा पूर्ण आगजनी गरिएको छ । नक्साल भाटभटेनी, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीका सीओओ पानु पौडेलले जानकारी दिए।

त्यसैगरी कलंकी, थिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा तोडफोड गरेर अधिकांस सामग्री लुटपाट गरिएको छ । बाँकी रहेका सातवटामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगन्जमा भने तोडफोड भएको छैन ।क्षतिको विवरण आउन कम्तिमा पनि दुई तीन साता लाग्ने भाटभटेनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime