Skip to content

परिस्थिति सहज बनाउँदै सेना, ससानो समूहमा काम गर्न आग्रह

nabil bank

काठमाडौं । नेपाली सेनाले बिहान ४ घन्टा र साँझ २ घन्टाका लागि जनजिवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि समय छुट्याएको छ ।

जनजिवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ देखि १० बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने सेनाले जनाएको हो । यस्तै स–सानो समुहमा काम गर्न समेत आग्रह गरेको छ । सेनाले अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने जनाएको छ ।

सुरक्षा परिस्थितिका कारण काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरेको सेनाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime