आदरणीय जेनजी साथीहरू, र यो जेनजी साथीहरूको प्रतित्व गरेर अहिले छलफलमा वार्तामा बसिराख्नु भएका युवा साथीहरू । तपाईँहरू सबैलाई मेरो नमस्कार । म तपाईँहरूलाई केही कुराहरू भन्न चाहन्छु। मलाई थाहा छ तपाईँहरू मेरो कुरा धेरै सुन्ने मुडमा हुनुहुन्न । टोटल्ली अन्डरस्ट्यान्ड गर्छु । म अहिले काँग्रेसको महामन्त्री नेताको रूपमा यो कुराकानी तपाईँसँग गर्न खोजेको होइन । आज भन्दा २० वर्ष अगाडि २०६२/२०६३ को आन्दोलन सकिएको बेलामा म पनि तपाईँकै जस्तै आजको उमेरको थिए ।
म त्यो अनुभवका आधारमा तपाईँहरूलाई केही कुरा रिक्वेस्ट गर्न खोजेको हो । म तपाईँहरूको जेनेरेसन फ्रस्टेसन एङर बुझ्छु । यसलाई कम गर्नका निम्ति मेरो ठाउँबाट जति काम गर्नु पर्थ्यो त्यो गर्न नसकेको म सबैभन्दा पहिला त माफी माग्छु । त्यसैले मेरो रिक्वेस्ट एकै छिन मेरो कुरा सुन्दिनु होला ।
पहिला त म भदौ २३ गते जुन १९ जना यूथहरू को हत्या भयो त्यसको लागि म प्रत्यक्ष रूपमा इन्ल्भ छैन तर पनि म माफी माग्छु । त्यो अपराध थियो । यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ । किनकि जुन दिन सोसल मिडिया ब्यान गर्ने निर्णय गरियो म त्यो दिन दौडेर मेरो सभापति गएको थिएँ। र त्यो दिन बिहान भनेको थिए यूथहरू हामीहरूसँग एकदमै नराम्रो सँग रिसाएका छन् जेनुन कारण छ । यति धेरै आगो बलेको छ आगोमा घिउ थप्ने काम नगर्नुस् । यो गर्दै नगर्नुस्। बैठकमा बोल्न भएन बाहिर आएर लेखे प्रेसमा दिए । हामी सबै मिलेर दबाब सिर्जना गर्यौ, तर भएन । सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठुलो घटना घट्दैन थियो होला ।
अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नु पर्थ्यो भन्ने लाग्छ । भदौ २३ गते तपाईँहरूले मुभमेन्टको अनाउन्स गर्नुभयो। बेलुका मलाई मेरो छोरीले सोधेको थियो । बाबा तिमी मुभमेन्टलाई सपोर्ट गर्छौ मैले भने गर्छु । मेरो ठाउँबाट केही मुभमेन्टमा उठाएको कुराहरू मैले पनि लामो समय उठाउँदै आएको कुराहरू हो चाहे त्यो २०४६ साल पछाडिको भ्रष्टाचारहरूको छानबिन गर्ने कुरा होस् चाहे त्यो अख्तियार जस्तो संस्थाहरूलाई फियर ट्रान्सपरेन्ट बनाउने कुरा होस्, चाहे सोसल मिडिया ब्यान्ड तुरुन्त हटाउने कुराहरू होस्। तर मलाई मनमा अलि डर लागिरहेको थियो कतै त्यो मुमेन्टमा कसैले घुस पेट गर्छ की ? फरक फरक इन्टेन्सन राख्ने समूहहरूको बारेमा थाहा छदै थियो हामीलाई ।
तपाईँहरूको पिस फुल मुभमेन्ट भइरहेको थियो । एकाएक गोली चलेको कुरा आयो। जहाँ म जहाँ थिए त्यहीबाट गृहमन्त्रीलाई फोन गर्यौ, अनि आइजिपीलाई फोन गर्यौ, प्राइम मिनिस्टरलाई रिच आउट गर्ने कोसिस गर्यौ। हाम्रो कुरा कसैले सुनेनन् । फेरी पनि सुनाउन सकिएन । साँझको बैठकमा फर्स्ट कुरा मैले गृहमन्त्रीलाई भेट्न चाहे । त्यस कारणले गर्दा भनेको सम्झन्छु तपाई तुरुन्त रिजाइन गर्नुस र मेरो पार्टीको बैठकमा मैले पार्टी सभापतिलाई तुरुन्त सरकारबाट फिर्ता आउनुस् अरू केही पनि कुरा छैन । यो ठुलो अपराध भएको छ, यसको छानबिन हुनुपर्छ । फेरी पनि भनेको जस्तो गराउन सकिएन ।
२४ गते बिहान म अर्का महामन्त्री, हामीहरू सभापतिलाई तुरुन्तै सरकारबाट फिर्ता दिन फोनबाट भनिरहेका थियौ । अरू साथीहरूलाई रिच आउट गरिरहेका थियौ । यसलाई कन्ट्रोल गर्नुपर्छ हामीले माफी माग्नुपर्छ गल्ती भएको छ । अहँ ढिक चलेन कुरै सुनेनन् । एक छिन घरमा बस्दा बस्दै एउटा ठुलो हुल मेरो घरतिर आयो । नारा लाग्यो ढुङ्गा हान्यो । त्यो आक्रोश म बुझ्थे । तर मलाई मेरो घरमा आगो लगाइएला भन्ने थिएन। एकै छिन पछि ठुलो हुल आयो। मैले माथिबाट पनि हेरे सिसिटीभीबाट पनि हेरे। १०-१५ जना मास्क लगाएका थिए । त्यो भन्दा पछाडि ठुलो हुल छ। त्यो ठुलो हुलमा मैले राम्रोसँग चिन्ने केही नयाँ पार्टीका मानिसहरू पनि छन् केही पुरानो पार्टीको मानिसहरू पनि छन् । आगो लगा, आगो लगा भने, गाडीमा लगा भने । सबै डाङडुङ तोडफोड गरे । तर मलाई के लागिरहेको थियो भने धेरै पहिला भदौको ठ्याक्क डेट मलाई याद छैन । इराकमा १२ जना नेपालीहरू मारिसके पछाडि यस्तै अवस्था थियो ।
सडकमा हामीहरू सबै निस्केका थियौ। त्यो बेलामा जहाँ जहाँ हुल जान्थ्यो त्यो हुलले यसै गरी प्राइभेट प्रपर्टी पब्लिक प्रपर्टी सबै ध्वस्त गर्न खोज्थ्यो । त्यो दिन मराजगंजदेखि हिँडेर कालीमाटीसम्म पुगेको थिए । जति पनि प्राइभेट प्रपर्टी पब्लिक प्रपर्टीहरु ध्वस्त गर्न खोजियो, त्यो रोक्न खोज्दा त्यो हुल भित्र पिटाई खान्थे । कहिले गाली खान्थे तर म त्यसलाई रोक्थे । रोक्ने कोसिस गर्थे । मैले त्यो दिन सोचे आज पनि पक्कै कोही न कोही निस्किला, यस्तो गर्नु हुँदैन भनेर। तर एकै छिन पछाडि घरमा आगो लाग्न सुरु भयो । तर केही त्यस्तो साथीहरू निस्किनुभयो जसले बाटो बनाएर पछाडिको बाटोबाट मेरो बुवा आमा, मेरो हिँड्न नसक्ने कान्छो बुबा, मेरो छोरीहरू, मेरो वाइफ, हामीहरूलाई सुरक्षित ढङ्गले बाहिर निकाल्नुभयो। उनीहरू म सबै प्रति एकदमै धेरै आभारी छु। सबै तहसनहस भयो तर केही छैन ।
यसलाई एउटा दुर्भाग्यपूर्ण घटनाको रूपमा लिनुपर्छ। साँझ सुरक्षित ठाउँमा गैसकेपछि पनि जब आमाले मलाई रुँदै भन्नुभयो त्यसपछि नरमाइलो लाग्यो । म पनि एक छिन रोए । किनकि त्यो मेरो घर थिएन । मेरो बाउ आमाले २०४० साल तिरबाट अलिअलि अलिअलि गरेर बनाएको सानो एक तल्लाको घर थियो । एउटा कोठा थप्दै थप्दै बनाएको त्यही घर जुन घरमा हाम्रो बाल्यकाल बित्यो, मेरो छोरीहरू त्यही जन्मियो, हामीले सानो एउटा कोठा थप्दै थप्दै गरेर बनाएको मेरो बुवा आमाको एउटा सिर्जना थियो त्यो ध्वस्त भयो । मलाई अर्को पनि नरमाइलो लाग्यो मेरो कारणले गर्दा मेरो परिवारको सदस्यहरूले जे भोग्नुपर्यो त्यस्तो किन भोग्नुपर्यो भन्ने लाग्यो । फेरी मलाई छोरी आमाले सम्झाए हामीहरू त सुरक्षित छौ नि, तर जो यूथहरू मारिएका छन् उनीहरूको परिवारमा के भइरहेको होला त्यसले यसलाई यसरी नै सम्झनुपर्छ । मैले अर्को कुरा केमा पनि चित्त बुझाए र अहिले पनि बुझाएको छु म कन्भिन्स छु कि जो रियल जेनजीको मुभमेन्टमा आउनु भएको साथीहरू हो तपाईँहरू हो ।
तपाईँहरू कसैको पनि त्यो चाहना होइन। पब्लिक प्रपर्टी प्राइभेट प्रपर्टी यसलाई ध्वस्त गर्ने त्यो तपाईँहरूको सोचाई हुँदै होइन। यसमा थुप्रै खराब इन्टेन्सन राख्नेहरू मिसेका छन्। समयले त्यो बताई हाल्छ। भोलि गएर छानबिन होला खोज बिन होला। टाइम विल टेल तर मलाई पुरा विश्वास छ। तपाईँहरूले ठुलो परिवर्तनको चाहना राखेर मुभमेन्ट चलाउनु भएको हो। तपाईँहरू वाइज हुनुहुन्छ र त्यही अनुरूप अगाडी लिएर जानुहुन्छ भन्ने विश्वास छ ।
तपाईँहरूले अहिले भनिराख्नु भएको कुरा हामीले पनि भनिरहेको कुरा हो। तीन जना बुढा नेताहरू हटाउनु पर्छ। यिनीहरूबाट चल्दैन। म त मेरो पार्टीको सभापतिसँग अस्ति भर्खर अब तपाईँले देशको प्रधानमन्त्री हुनु हुँदैन भनेर दलको नेता लडेको हो तर मैले सकिन नम्बर पुगेन । अहिले भर्खर ओलीको सरकार बन्दै गर्दा खेरि मन्त्री बन्नुपर्छ भनेको म मन्त्री बन्दिन तपाईँको गभर्मेन्टलाई सहयोग गर्छु गभर्मेन्टले काम गर्नुपर्छ। मैले संयन्त्रमा बसेर काम पनि गरेको सुरुमा केही कुराहरूको चेन्ज ल्याउन खोजेको पनि किनकि चेन्ज यति चाँडो चाहिएको छ मानिसहरू यति धेरै रिसाएको छ। हामीले काम गरेर पनि हुँदैन । तर एक पछि अर्को नराम्रो काम गरे। नहटा भन्दाभन्दै कुलमान घिसिङ हटाए । सबै कामहरूमा काँग्रेस एमाले भनेर खराब काम गर्ने मान्छेलाई नजोगाऔँ जसले गल्ती गर्यो त्यसलाई दण्ड दिने हो । युनिभर्सिटीमा भाग बन्डा नगरौँ । अख्तियारको कानुन पार्लियामेन्ट नअड्काम। केही न केही त गरम केही न केही गरेर अलिकति त हुँदै छ भने चित्त बुझाऊ ।
हामीले भनेको कुरा गराउन सकिएन र मैले त्यो संयन्त्र पनि छाड्दिए, बाहिर बसेर दबाब बढाउन सकिन्छ कि भनेर तर सकिएन। मलाई के कुरामा तपाईँहरूलाई बताउनु छ भने तपाईँले जे सोचिराख्नु भएको कुराहरू भित्र लडिरहेका छौ हामी। पार्टीको संरचना भित्र लडिरहेको पार्लियामेन्ट भित्र लडिरहेको चित्त बुझाएको होइन । कहिले सरेन्डर पनि गरेको होइन ।
तर हाम्रो एफर्ट पुगेन। मैले एक्सक्युज माग्न खोजेको होइन। हाम्रो एफर्ट पुगेन किन हाम्रो एफर्ट पुगेको भए धेरै कुरा चेन्ज भएको हुन्थ्यो। मैले दलको नेता जितेको भए वा हामीले नेताहरू हटाउन सकेको भए वा गभर्मेन्टलाई राम्रो काम गराउन सकेको भए यी एक डेढ वर्ष भित्रमा धेरै कुरा बदलिन्थ्यौ। हामीले नसकेकै हो । हाम्रो कमजोरी भएकै हो। म फेरी पनि यो कुराबाट सिक्छु । यसलाई सिक्ने हो । म मेरो पार्टी नेपाली काँग्रेसको सदस्यको रूपमा मैले यसबाट सिकेर के गर्ने हो भने म नेपाली काँग्रेस पार्टीलाई बदल्ने हो जरैबाट बदल्ने हो ।
टाइम लाग्छ मलाई थाहा छ तर यसलाई बदल्ने हो र फेरी एक पटक तपाईँहरू जस्तो मान्छेहरूले मन पराउने पार्टी बनाउने हो त्यो एउटा पाटो भयो ।
तर मेरो एउटा अनुरोध तपाईँहरूलाई छ, आज देशमा एउटा भ्याक्युम जस्तो अवस्था छ। तपाईँहरूले राखिराख्नु भएको कुराहरू पढिरहेको छु सुनिरहेको छु । पहिलो कुरा भदौ २३ गते जुन मास किलिङ भएको छ अब बन्ने सरकारले त्यसको छानबिन गर्नुपर्छ यसमा जो इन्भल्भ छ त्यो सबैले त्यो सबैले सजाय पाउनुपर्छ । २४ गते तपाईँहरूको पिस फुल प्रोटेस्टलाई जसले त्यो भाँडभैलो गरायो जसले त्यो विपद् मच्चायो ।
हेर्नुस् नेपालको इतिहासमा यति धेरै आन्दोलन हुँदै गर्दा यो लेभलको डिस्क्रसन कहिले पनि भएको थिएन। अदालत जेल केही बाँकी छैन । कसले गर्यो किन गर्यो यसको पनि छानबिन हुनुपर्छ । र जो यसको दोषी हो त्यसले पनि सजाय पाउनुपर्छ। दोस्रो कुरा तपाईँहरूले २०४६ साल पछाडिको जति पनि पदमा बसेको छ उनीहरू सबैले गरेका करप्सनको एउटा एउटा स्क्यान्डलको बारेमा छानबिन हुनुपर्छ भनेर भनेको छ । यो हुनै पर्छ । एउटा नेता, एउटा जिम्मेवारीमा बसेको प्रत्येक मान्छेको सम्पत्तिको छानबिन हुनुपर्छ । किनकि हामी पनि यसबाट आजित छौ । नखाएको विष लागेको छ । म पनि जिम्मेवारीमा बसेको सांसद हुँ, मन्त्री भएको छु । सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनु पर्छ र म जस्तो मेरो पनि मेरो परिवारको आफ्नो आय मेरो व्यवसाय चाहिने नचाहिने जुन ब्लेमहरु लागेको छ त्यो सबैको बारेमा छानबिन गर्नुपर्छ । दूधको दूध पानीको पानी हुनुपर्छ । जसले गल्ती गरेको छ त्यसले सजाय पाउनै पर्छ । उसको सम्पत्ति कानुन बनाएर राष्ट्रियकरण पनि गर्नुपर्छ । तर यसलाई एकदमै जनरलाइज गरेर सबै जनालाई एउटा घाममा हाल्नुहुँदैन । किनकि भोलि पनि देश चलाउनु पर्छ । त्यसैले तपाईँले उठाएको कुरा एकदम जायज छ। यसको संरचना बनाउने र जो जोले गल्ती गरेको छ तिनले सजाय पाउने अवस्था बनाउने कुरा यो एकदम ठिक छ ।
तेस्रो अब अगाडी कसरी बढ्ने भन्ने सन्दर्भमा तपाईँहरूको भावना अनुसार सरकार बनाउने कुरा ठिक छ । र त्यो सरकारले यी कामहरू गरोस् त्यही नै बाटो जाने हो । तर मेरो एउटा अनुरोध छ। २०६२-६३ को आन्दोलनबाट एउटा नयाँ संविधान बन्यो। यो संविधान बन्ने बाटो सजिलो थिएन। यो बिचमा हामीले धेरै कुराहरू भोगेका छौ। हामीले गृह युद्ध भोग्यौ। ठुलो जातीय युद्ध भोग्यौ। नेपाल भित्र आदिवासी जनजाति दलित मधेसी मुस्लिम अल्पसङ्ख्यक थुप्रै थुप्रै कुराहरूको आआफ्ना माग मुद्दा सबलाई मिलाएर एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो। अहिले कोही बोलेको छैन ।
तर आफ्नो अधिकारहरू खोस्यो भने फेरी सबैले बोल्ने अवस्था आउँछ । कसैले सम्हाल्न सक्दैनौ हामीहरूले त्यसैले कन्सिटुसनको निरन्तरता तपाईँहरूले यसको बारेमा ख्याल गर्नै पर्छ । हामीले जे कुरा गर्ने हो यो कहीँ न कहीँ संविधानमा टेक्नै पर्छ। किनकि मैले आफूले देखेको बुझेको कुरा हामीहरू कहाँ डेमोक्रेसी आयो । केही समय पछाडि डेलीभर गर्न सकेनौ फ्रस्टेसन भयो । मुभमेन्ट भयो । फेरी गयो । लामो समयसम्म डेमोक्रेसी खोसियो । केही समय पछाडि डेमोक्रेसी खोसिँदै गर्दाको पिडा हेर्नुस् हामी एक दिन सोसल मिडिया व्यान हुँदै गर्दा खेरिको हाम्रो सोसाइटीले त्यसलाई एक्सेप्ट गर्दैन भनेपछि हाम्रा नागरिक अधिकारहरू खोसेको कुरा कसले एक्सेप्ट गर्छ ? गर्दैन। अनि फेरी अर्को मुभमेन्ट हुन्छ। यसैले हाम्रो २०औ, ३०औ वर्ष अर्को जेनेरेसन गर्छ ।
तपाईँको जेनेरेसन यसमा खेर जानु हुँदैन। हामीले यो चक्रलाई ब्रेक गर्न दिनु हुँदैन । यो संविधान कहीँ न कहिबाट कायम राखेर यस भित्र रिफर्महरु गरौँ । तपाईँहरूले भने अनुसारले गर्ने तपाईँहरूले चलाउने हामीहरू ब्याक बेन्चमा बस्नुपर्ने हामीहरू ब्याक बेन्चमा बस्ने। हामी पार्टी सुधार गर्न लाग्छौ । पार्टीको रिफर्म गर्छौ । पार्टीको लिडरसिप चेन्ज गर्छौ सबै कुरा बदल्छौ । हामी त्यतातिर जान्छौ। केही समयलाई यसरी नै गरौँ। तर संविधान भन्दा बाहिर गएर सलुसनहरु खोज्न थाल्यौ भने अहिले एक छिन त होला तर केही समय पछाडि फेरी समाधान नसकिने अवस्था बन्छ । यस्तो पनि नहोस् कि यत्रो ठुलो चेन्जको तपाईँहरूले जे कुरा गर्नुभएको छ त्यो कहीँ त्यसको दुखान्त नहोस्। यस्तो पनि नहोस् एउटा पिरिक्क भिक्ट्री जस्तो पराजयपूर्ण विजय विजय त भयो तर पछि गएर पश्चात्ताप मात्रै भयो। के भयो के भयो यत्रो ठुलो डिस्ट्रक्सन भएको छ ।
यसलाई हामीले सम्हाल्नु पर्ने छ यसलाई फेरी रिभिल्ड गर्नु पर्ने छ । रिकन्स्ट्रक्सन गर्नुपर्ने छ । सबैको साथ सहयोग चाहिन्छ । गल्ती गर्नेले सजाय पनि दिनुपर्ने छ । सबै अरू बाँकी रहेकोलाई मिलाएर पनि लिएर जानु पर्छ । कसरी गर्ने तपाईँहरूले यसमा पक्कै पनि ध्यान पुर्याउनु हुनेछ। तपाईँहरू वाइज हुनुहुन्छ। तपाईँहरू माथि ठुलो विश्वास छ । तपाईँहरूकै जेनेरेसनले नै गर्न सक्छ। त्यसैले यो अगाडिको जेनेरेसनलाई बिदा गरेर बचेको समय केही समय सम्हालेर चाँडो भन्दा चाँडो तपाईँहरूले नै गर्नुपर्छ भन्ने मान्यता राखेर काम गरिरहेको हो ।
अहिले तपाईँहरू आफै अगाडी आउनु भएको छ ठिक छ तर यसलाई बिग्रन दिनुहुन्न। यसलाई सम्हाल्नु पर्छ। यसलाई सम्हालेर लिएर जानुपर्छ। सम्हाल्ने गरिकन अलिकति शान्त भएर धैर्यता पूर्वक संयमित भएर पनि सोच्नु होला सोच्दिनु होला। नेपालको जिओपोलिटिकल्ली पनि एकदमै डेलिकेट छ। हाम्रो भित्रको सबै जातजाति समुदायको कुरा मिलाउने कुरा पनि एकदमै डेलिकेट छ। यी सबै कुराहरूको बिचमा हामीले एउटा सन्तुलन खोजेर जानुपर्छ। त्यसैले मेरो एकचोटी फेरी फाइनल्ली म तपाईँहरूलाई अपिल गर्न चाहन्छु। तपाईँहरू योङ साथीहरू तपाईँहरूको करेजलाई स्यालुट गर्छु। तपाईँहरूले यत्रो लडाई लड्नु भएको छ। यो बिचमा भएको जति पनि गल्ती कमजोरीहरू भएका छन् हामीहरूबाट त्यसको लागि फेरी एक पटक माफी माग्छु। सुध्रने वाचा गर्छु सच्याउँछौ हामीहरू। तर यो अहिलेको अवस्थालाई सम्हाल्ने कुराहरूको सन्दर्भमा तपाईँहरूले आफ्नो विजडम ठिक ढङ्गले प्रयोग गर्नुहुन्छ भन्ने कुराको विश्वास पनि गर्छु र त्यसको निम्ति तपाईँहरू सबैलाई अनुरोध पनि गर्छु,
नमस्ते, जय नेपाल ।






प्रतिक्रिया दिनुहोस्