Skip to content

जेनजी आन्दोलनको आक्रमण खेपेका महासंघका पूर्वअध्यक्ष गोल्छा भन्छन्- अझै सशक्त रुपमा लगानी गर्न प्रतिवद्ध छौं

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले जेनजीले गरेको तोडफोडपछि अझै सशक्त रुपमा अघि बढ्ने, लगानी गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाएका हुन् । जेनजीले आन्दोलनको क्रममा केही व्यवसायी माथि भएको बीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको भएपनि परिवार निरास वा विचलित नभएको जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु । देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् ।

केही व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु । अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime