Skip to content

जेनजी आन्दोलनले छानेको व्यक्तिकै नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार, अब हामी सच्चिन्छौंः गगन थापा (भिडियो)

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनले छनोट गरेको व्यक्तिको नेतृत्वमा सरकार बनाएर जान काँग्रेस तयार रहेको बताएका छन् । यसको लागि वातावरण पनि बनिरहेको जनाएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले जेनजीले राखेको माग मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्ने बताए ।

उनले भिडियो मार्फत अन्तरिम सरकार आज साँझसम्म टुंगिने अपेक्षा रहेको जनाए । उनले भिडियो सन्देश मार्फत अब कांग्रेस पार्टी सच्चिने र झन् बलियो भएर उठ्ने आश्वासन समेत दिएका छन् ।

भिडियो मार्फत उनले भदौ २४ गते ठूलो क्षति भएको उल्लेख गरेका छन् । २४ गते कार्यालय, सम्पदा, पार्टी सभापति लगायत सयौं साथीहरूमाथि भौतिक आक्रमण भएको जनाएका छन् ।

उनले साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ उल्लेख गरेका छन् । उनले भएका क्षतिको पुनर्निर्माणको पहलकदमी कांग्रेसले लिनुपर्ने दाबी गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime