Skip to content

शुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

जेनजीको मागअनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । धाराको उपधारा ९४० मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ ।

त्यस्तै उपधारा ९३० मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ । यी दुवै धारालाई आधार बनाएर कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime