काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ । सिबिफिनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सिबिफिनले आज विज्ञप्ति प्रकाशित गरी गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुनु पर्ने उल्लेख गरेको छ । साथै जेनजी आन्दोलनको क्रममा भएको मानवीय र देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिनले गहिरो दुःख प्रकट गरेको छ ।
विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरुको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनको क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिन स्तब्ध छ र गहिरो दुःख प्रकट व्यख्त गरेको छ ।






प्रतिक्रिया दिनुहोस्