काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार बजारमा सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी २ हजार ५०० सय ७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । शुक्रबार बजारमा २ हजार ५०० सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्