Skip to content

अदालत, सिंहदरबारमा आक्रमण गर्नेलाई कसरी नेपाली भन्नु, सुनियोजित रुपमा निजी, सार्वजनिक सम्पत्ति भष्म गर्नेलाई कारबाही गर्नुपर्छः प्रधानमन्त्री कार्की

‘रेक्ट्रो फिट गरेर बनाएको सर्वोच्चको भवन प्रयोग गर्न नपाउँदै अपराधीहरुले भष्म पारे’

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनमा क्रममा अदालत, सिंहदरबार, उद्योगी, प्रहरी कार्यालय, व्यवसायी, उद्योगी, ब्यापारी तथा निजी क्षेत्रको सम्पत्तिमा आक्रमण गर्नेलाई नेपाली भन्न समेत लाज लागेको बताएकी छिन् ।

आज पदभार लगत्तै कर्मचारीसँग परिचय गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘सुरक्षा निकायलाई दिएको सवारी ध्वस्त भएको छ । अब नयाँ साधान चाहिन्छ । तत्काल चाहिने राज्यका निकायमा छानीछानी हानिएको छ । अदालतको फाइल नष्ठ भएका छन् । प्रहरी चौही हानिएका छन् । देशको शासन चलाउने निकाय नष्ट भएका छन् । नेपाली भएर अदालन, सिंहदरबार हान्नेलाई कसरी नेपाली भन्ने, मलाई लाज लागेको छ’ उनले भनिन् ‘ उद्योगी, प्रहरी कार्यालय, व्यवसायी, उद्योगी, ब्यापारी तथा निजी क्षेत्रको सम्पत्तिमा आक्रमण गर्नेलाई अनुसन्धान गरेर काबारही गर्नुपर्छ ।’

यी सबै नियोजित रुपमा भएको जस्तो लागेको उनको भनाइ छ । ‘यो सबै नियोजित रुपमा भएको हुनुपर्छ’ उनले भनिन् ‘यसमा अनुसन्धान गर्न बाँकी छ । यसमा अनुसन्धान गर्नुपर्छ । माटो बाल्नेलाई छोडनु हुँदैन । खोेजबिन गर्नुपर्छ । कारबाही गर्नुपर्छ ।’ उनले आफुले चाहेर नभइ बिबसताले प्रधानमन्त्री भएको बताइन् ।

‘जनताले खोजी गरेपछि आएको हुँ, ६ महिना मात्रै काम गर्ने समय छ’ उनले भनिन, ‘त्यसपछि कुनै हालतमा पनि बस्दैनौ । नयाँ आउने संसद र मन्त्रीलाई दायित्व सुम्पने अठोट गरेको छु ।’ त्यसमा आफुलाई सबै निकायको साथ चाहिने उनको भनाइ छ ।

उनले सर्वोच्चको भवन रेक्ट्रो फिट गरेर बनाएको र त्यो प्रयोग गर्न नपाउँदै अपराधीहरुले भष्म पारेको उनको भनाइ छ । उनले कर्मचारीसँगको भेटमा युवाको सोच अनुसार काम गर्नुपर्ने जानकारी गराइन् । ‘विश्वमा कतै नभएको आन्दोलन नेपालमा भयो । २७ घन्टामा धेरै सकियो’ उनले भनिन् ‘ युवाहरुले भ्रष्टाचार रोक्नुपर्छ र भ्रष्टलाई कारबाही गर्नुपर्छ भनेका छन् । त्यो गर्नुपर्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime