काठमाडौं । जेनजी आन्दोलनको नाममा भएको आगलागी तथा तोडफोडका कारण बीमा कम्पनीहरूमा ५० अर्ब रुपैयाँ बराबरको दाबी पर्ने देखिएको छ ।
जेनजीको आन्दोलनको कारण उपत्यकाका विभिन्न स्थान तथा व्यापारिक क्षेत्रमा भएको धन सम्पत्तिको क्षतिमा लगभग ५० अर्ब रुपैयाँ बराबरको बीमा दाबी पर्ने भएको हो ।
गत २३ भदौदेखि जेन्जी पुस्ताका युवाले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिलो दिन सोमबार १९ युवा तथा विद्यार्थीको मृत्यु भयो । हालसम्म मृत्यु संख्या ५० नाघिसकेको छ भने सयौँ घाइते अस्पातालमा छन् । सोमबारको प्रदर्शनमा सरकारको तीव्र दमन र प्रदर्शनकारी युवाको मृत्युपछि अक्रोशित जेनजी समूह मंगलबार देशभरि आक्रमण, तोडफोड र आगजनी भएको छ ।
जसमा सबैभन्दा धेरै बीमाको दाबी भुक्तानी मीनबहादुर गुरुङको भाटभटेनीको पर्ने भएको छ । भाटभटनीको अधिकांश ब्रान्चमा आगजनी, तोडफोड तथा लुटपाट भएको छ । जसको कारण लगभग १० अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ । यसैगरी, होटल संघ नेपालका अनुसार आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरुमा ठुलो क्षति पुगेको छ । जसको कारण देशभरका होटलहरुमा २५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।
संघका अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा भएका तोडफोड भएका छन् । आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति भएको छ ।
देशैभरीका होटल क्षेत्रमा करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । यस कारण बीमा कम्पनीले होटल कम्पनीहरूको २५ अर्ब रुपैयाँ बराबरको बीमा भुक्तानी गर्नुपर्ने देखिएको छ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सहजरूपीमा यथाशक्य छिटो भुक्तानी गर्न निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिइसहेको छ । प्राधिकरणले हुलदङ्गाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
यसैगरी, जेनजीको आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले चौधरी ग्रुप पनि ठुलो क्षति पु¥याएको छ । चौधरी समूहका प्रबन्ध निर्देशक करण चौधरीका अनुसार चौधरी समूहको दशकौँको मेहनत, त्याग र लगानी केही घण्टामै ध्वस्त भएको छ। यस समूहको पारिवारिक घरमा आगजनी, उद्योग–कारखाना तथा कार्यालयमा क्षति, विभिन्न सो–रुम लुटपाट गरेर २ अर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।
युलेन्स स्कुल जलेको छ । कान्तिपुर मिडिया समूह, विभिन्न गाडीका स्वरुम, व्यावसायिक मोटर तथा निजी मोटरहरू पनि जलेका छन् । जसको पनि बीमा दाबी भुक्तानी गर्नुपर्ने हुन्छ । जलेको गाडी स्वरुमहरू मध्ये १ हजारभन्दा धेरै स्वरुमको फुल इस्योरेन्स भवन रहेको छ । यसैगरी, शेखर गोल्छाको घर लगायतका केहि कम्पनीहरूमा पनि तोडफोड,आगजनी तथा लुटपाट भएको छ । यसैगरी, ग्लोबल कलेज लगायतका संस्थाहरूमा पनि आगजनी भएको छ । जसको भुक्तानी बीमा कम्पनीहरूले गर्नुपर्ने हुन्छ ।
निर्जीवन बीमा कम्पनीले पनि दाबी भुक्तानी सकेसम्म चाडै दिने गरी काम गर्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्री जानकारी दिए । ‘अहिले नै कहाँ कति क्षति भयो भनेर यकिन भइसकेको छैन ।’ उनी भन्छन्, ‘यकिन तथ्यांक आउन साथ बीमा कम्पनीले क्षतिको भुक्तानी गर्न थाल्ने छ ।’ क्षत्रीका अनुसार सरकारकी भवनको हालसम्म कुनै बीमा गरिएको छैन । तर, निजी क्षेत्रमा भएको क्षति र केही नेताको घरको समेत बीमा भएमा त्यस्तो बीमा दाबी भुक्तानी बीमा कम्पनीले गर्ने उनले बताए ।






प्रतिक्रिया दिनुहोस्