Skip to content

वरिष्ठ अधिवक्ता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

nabil bank

काठमाडौं । सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई महान्यायाधिवक्ता नियुक्त गरे । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा ९२० बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ ।”

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिए । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । उनी पूर्वसूचना आयुक्तसमेत हुन्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime