Skip to content

सर्वोच्च अदालतले टेन्ट टाँगेर थाल्यो सेवा (फोटो फिचर)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतले सेवा दिन थालेको छ। सर्वोच्च अदालतले परिसरमा जलेनर नष्ट भएका गाडी पन्छाएर टेन्ट टाँगेर सेवा दिन थालेको छ ।

 

मुद्दाका फाइलहरू कति खरानी भएका छन् त्यो थाका छैन। दराजभित्र रहेका काजजातसमेत जलेर नष्ट भएका छन् ।

तर कर्मचारीहरू जलेका फाइलहरू संकलन गरिरहेका थिए । कर्मचारीसँगै अधिवक्ताहरू पनि सरसफाइमा लागिरहेका थिए ।

अदालतको भित्र रहेको ‘बन्द इजलास’ लेखिएको प्लेट बगैंचाको वालमा ल्याएर झुन्डाइएको छ । र, प्राङ्गणको सरसफाइ सकाएर टेन्ट टाँगेर सेवा प्रवाह गर्ने तयारी अदालतले गरेको छ ।

मंगलबार प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजानी गरेका कारण अदालत पूर्णरूपमा क्षति भएको थियो ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime