Skip to content

खर्च कटौती गरेर सय अर्ब जोगाउन सकिन्छ, फजुल खर्च, राजनीतिक दबाबमा राखेको बजेट काटिन्छः अर्थमन्त्री खनाल

nabil bank

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले करिब १०० जना युवाले ज्यानको आहुति दिएर यहाँ पठाउनुभएको छ । आज मन्त्री पदमा पदभार ग्रहणपछि उनले देशका परिवर्तनका लागि मलाई यो जिम्मेवारी दिनुभएको छ । देशमा परिवर्तन चाहिएको छ । हामी युवासँग मिलेर काम गर्नु छ । युवाहरूको नासो आएको छ । मुलुकलाई भ्रष्टाचार बाट माथि उठाउनुपर्छ भनेर युवा लाग्नु भयो ।

यसअघि के गरेको भन्ने बिर्सौँ । ठूलो गल्ती गरेको भए कानुन लाग्छ । हैन भने अब नडराउन । सार्वजनिक सम्पत्तिको व्यक्तिमा प्रयोग गरेका छौँ भने अब हामी सच्चिन आवश्यक छ । प्रशासकीय अधिकार मलाई थाहा छ । म प्रशासनबाट गएको हो । कर्मचारीलाई माया गर्न सकिन्छ । धेरै भयो माया गर्न सकिन्न । जेनजीले मुलुकको भविष्यका हामीलाई जिम्मेवारी दिनुभएको हो । यो बजेटमा प्रबन्धक नगरे पनि निर्वाचन गर्नुपर्छ । बजेटभित्र रहेका फजुल गर्न राजनीति दबाबमा छिराएका, हुँदै नहुने काममा राखेको बजेट निकाल्नुपर्छ १०० अर्ब पैसा निकाल्न सकिन्छ । त्यो रकम सही सदुपयोग हुन सक्छ । त्यो भनेको निर्वाचन हो ।

मेरो ४६ वर्षको निजामती अवधिमा यस्तो कहिल्यै देखेको थिएन । जलेर खरानी भएका सबै हटाउँ । कालोलाई रङ्ग दलौं । हामीमाथि उठ्यौ भनेर देखाऔं । कतिपय चाहिनेभन्दा बढी भएको सवारी साधन गयो भनेर सोचौं । केही काम नलाग्ने थियो त्यो जस्यो सकियो । अनावश्यक सवारी नकिनौं । सार्वजनिक र निजी क्षेत्रको पुनर्निर्माण गर्नुपर्छ । निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ । अर्थ मन्त्रालयको सम्पर्क धेरै निजी क्षेत्रसँग हुने गरेको छ । अब हाम्रो व्यवहार परिवर्तन आवश्यक छ। कुनै कार्यालयमा जाँदा धेरै हेपेर व्यवहार गर्छन् । त्यसले पनि विद्रोह भएको हो । उनले राजस्व उठाउन धेरै क्रूर हुनुभन्दा पनि शालीन भएर प्रस्तुत हुन आग्रह गरे । हाम्रो डेटा, आईटी सबै चुस्त दुरुस्त छ । उनले कार्यालयको काम बाहिर हाटलेमा, घरमा नगर्न आग्रह गरे । उनले कार्यालयको कामका लागि आफ्नो घरमा नआउन आग्रह गरे ।

नेपाल राष्ट्र बैकका गभर्नर विश्वनाथ पौडेलले इकोनोमी रिसर्चमा केही क्षति ६९ वटा एटिएम मेसिनमा क्षति भएको छ । अर्थ मन्त्रालयमा उहाँ राम्रो मान्छे हो । राष्ट्र बैंकले सदैव सहयोग गर्छ । व्यवसायीलाई आगामी दिनका लागि नआत्तिन आग्रह गरे । व्यवसायीसंग सर सल्लाह गरेर काम गर्ने वचनबद्धता दिए ।

(नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दा बोलेको कुरा)

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime