काठमाडौं । सागर डिष्टिलरी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । १ लाख ४५ हजार २०० कित्ता सेयर रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेशमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ ।
७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ११ करोड ९० लाख ६४ हजार रुपैयाँको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । आईपीओमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।






प्रतिक्रिया दिनुहोस्