Skip to content

जेनजी आन्दोलनले बन्द भएको सेयर बजार बुधबारबाट खुल्ने

nabil bank

काठमाडौं । जेनजी आन्दोलनाको कारण बन्द भएको सेयर कारोबार बुधबारबाट खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  स्राेतका अनुसार बुधबारबाट सेयर कारोबार खोल्ने तयारी भएको हो ।

नेप्सेले सेयर बजार खोल्नको लागि नेपाल धितोपत्र बोर्डलाई सोमबार पत्र पठाएको छ । बोर्डले उक्त पत्रको जवाफ दिएपछि बुधबारबाट सेयर बजार खोल्ने तयारी गरिएको नेप्से उच्च स्राेतले जानकारी दिएको छ ।

आन्दोलनको कारण गत मंगलबारबाट सेयर बजार खुलेको छैन । नेप्सेले सूचना जारी गर्दै आगामी असोज २ गते बिहीबारसम्म बजार बन्द हुने जानकारी दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime