काठमाडौं । सुशिला कार्की नेतृत्वका नवनियुक्त तीन मन्त्रीहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ ।
कार्की नेतृत्वको मन्त्रिपरिषदमा तीन जना मन्त्री चयन भएका छन् । तीन सदस्यहरुको शपथ आज साढे ११ बजे गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय मन्त्रीमा कुलमान घिसिङ नियुक्त गर्ने निर्णय गरेकी छिन् ।






प्रतिक्रिया दिनुहोस्