Skip to content

भायानेटको इन्टरनेट र भायाटीभी सेवा सञ्चालनमा

nabil bank

काठमाडौं । जेनजी आन्दोलनले सर्भरमा भएकाे क्षतिका कारण बन्द भएको भायानेटले आफ्ना इन्टरनेट र भायाटीभी सेवा सामान्य अवस्थामा फर्किएको हिजो आइतबार जनाएको छ ।

सो कम्पनीका अनुसार, सेवा अझै पूर्ण क्षमतामा नपुगे पनि अधिकांश ग्राहकले सुविधा लिन सक्ने अवस्थामा पुगेका छन् । बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सारिसकेपछि सेवा पूर्ण रूपमा सुचारु हुने अपेक्षा गरिएको छ ।

सर्भर अर्को डाटा सेन्टरमा सार्दा भायानेटको इन्टरनेट केही सुस्त हुन सक्ने कम्पनीले जनाएको छ । सो कम्पनीको भायानेट ग्राहक मोबाइल एप फेरि पूर्णरूपमा सञ्चालनमा आएको छ । कल सेन्टर पनि बढेको क्षमतासहित सञ्चालनमा आएको छ।

भायानेटका फाइबर प्राविधिकहरूले दिनरात मेहनत गरेर हालैका घटनामा बिग्रिएका अधिकांश फाइबर लाइन मर्मत सम्पन्न गरिसकेको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime