काठमाडौं । सागर डिष्टिलरी कम्पनीले अहिले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरिरहेको छ ।
कम्पनीले भदौ ३० गतेदेखि असोज २ गतेसम्मका लागि सेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रति सेयर आम्दानी ०.५९ रुपैयाँ रहेको छ । आव २०८२/८३ मा २.०७ रुपैयाँ, आव २०८३/०८४ मा ६.८९ र आव ०८४/०८५ मा १५.८३ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ मा प्रति सेयर नेटवर्थ १०६.८७ रुपैयाँ रहेको छ । आव २०८२/८३ मा १०७.५७ रुपैयाँ, आव २०८३/०८४ मा ११४.४५ रुपैयाँ र आव ०८४/०८५ मा १३०.२७ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको नाफा २३ करोड ३४ लाख ८ हजार ५६७ रुपैयाँ रहेको छ । यस्तै आव २०८२/८३ मा २४ करोड ८४ लाख ५९ हजार १०२ रुपैयाँ, आव २०८३/०८४ मा २९ करोड ८४ लाख ५६ हजार २४४ रुपैयाँ र आव ०८४/०८५ मा ४१ करोड ३३ लाख ५ हजार ७३९ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यो कम्पनीमा संस्थापक सेयर ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत रहेको छ । यो कम्पनीमा अल्का गोयलको १०.६३ प्रतिशत, आशुतोष खेतानको १४.५२ प्रतिशत, दिपेश खेतानको २.८५ प्रतिशत, प्रेम बहादुर बरालको २.२० प्रतिशत, संदीप जलानको ९.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ । जलान नासा सेक्युरिटीजका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
यस्तै सुमन गौतमको १.२९ प्रतिशत, शोभा मिश्रको ३.४९ प्रतिशत, क्यापिटल म्याक्स सेक्यूरिटिजका अध्यक्ष अतितलाल श्रेष्ठको २.२५ प्रतिशत, क्षिजित जलानको १.०५ प्रतिशत, क्याप्टिभ इन्भेष्टमेन्ट कम्पनीको १.२९ प्रतिशत, दुर्गा प्रसाद उप्रेतीको १.२९ प्रतिशत, दिनुका पोखरेलको २.२० प्रतिशत, श्याम गोपाल धौभडैलको १.०६ प्रतिशत, राजेन्द्र कुमार शाक्यको १.९३ प्रतिशत, हजारी भट्टको १.१४ प्रतिशत, हरि प्रसाद भट्टको १.७२ प्रतिशत, सागर सेढाईको १.३६ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष तथा सेयर लगानीकर्ता छोटेलाल रौनियारको १.७२ प्रतिशत, श्रेया जलानको १.८९ प्रतिशत, श्रीराम केसीको ३.१० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको अध्यक्षमा अल्का गोयल रहेका छन् भने सञ्चालकमा आशुतोष खेतान, रतन कुमार चौधरी, ज्योती दाहाल रहेका छन् ।
कम्पनीको सेयर स्वामित्व भएको क्याप्टिभ इन्भेष्टमेन्ट कम्पनीको अध्यक्षमा राजिव प्रसाद प्याकुरेल रहेका छन् भने सञ्चालकमा केशव मिश्र रहेका छन् । आईब्रोक्स ईन्टरनेशनल प्रालिको अध्यक्षमा सत्य नारायण तोदी र सञ्चालकमा विनय कुमार तोदी रहेका छन् ।
यस्तै लगानी अब प्रालिको अध्यक्षमा बिष्णु पोखरेल रहेका छन् भने सञ्चालकमा विनोद ढकाल, विजय रानाभाट, नबीस पोखरेल रहेका छन् । गहवामाई इन्भर्सन नेपाली प्रालिको अध्यक्षमा राकेश श्रेष्ठ, सञ्चालकमा संदीप जलान, प्रमोद बहादुर क्षेत्री, सुमन ताज कर्णिकार, नवरथ कुमार बानिँया रहेका छन् । आर्सिया इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा अभय थापा, सञ्चालकमा सुयोग्य पन्त, सुजेस पन्त, सन्जिता गिरी र रुपा साह रहेका छन् ।
सागर डिष्टिलरी कम्पनीले भदौ ३० गतेदेख सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । १ लाख ४५ हजार २०० कित्ता सेयर रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेशमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ ।
७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ११ करोड ९० लाख ६४ हजार रुपैयाँको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । आईपीओमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।






प्रतिक्रिया दिनुहोस्