काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा गण्डकी प्रदेशका विभिन्न स्थानमा भएको तोडफोड तथा आगजनिबाट १ अर्ब १३ करोड ४० लाख रुपैयाँको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका अनुसार भदौ ३० गतेसम्म १२ वटा कम्पनीमा १५९ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । कम्पनीमा ९ वटा बीमा बापत ५० करोड रुपैयाँ बीमा दाबी परेको हो । यो सबैभन्दा बढी हो ।
धेरै बीमा दाबी पर्ने दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीमा ५० वटा बीमा बापत ३५ करोड रुपैयाँको दाबी परेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० वटा बीमा बापत ७ करोड रुपैयाँको दाबी परेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १५ वटा बीमा बापत ५ करोड रुपैयाँको दाबी परेको छ । नेको इन्स्योरेन्समा १६ वटा बीमा बापत ४ करोड ४५ लाख रुपैयाँको दाबी परेको छ ।
ओरियण्टल इन्स्योरेन्समा १३ वटा बीमा वापत ३ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३ वटा बीमा बापत ३ करोड १५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्समा ११ वटा बीमा बापत २ करोड रुपैयाँको दाबी परेको छ ।
यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा ६ वटा बीमा बापत २ करोड रुपैयाँ, शिखर इन्स्योरेन्समा ५ वटा बीमा बापत ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा बापत ८० लाख रुपैयाँको दाबी परेको छ भने नेपाल माइक्रो इन्स्योरेन्समा ५ बीमा बापत २५ लाख रुपैयाँको दावी परेको छ ।
प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्समा बीमा दाबी परेको छैन ।






प्रतिक्रिया दिनुहोस्