काठमाडौं । नेपाली बजार बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी २ हजार ५ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्