Skip to content

सेयर धितोमा १ खर्ब ४४ अर्ब कर्जा लगानी

nabil bank

काठमाडौं । वाणिज्य बैंकले सेयर धितो राखेर दिने कर्जा बढ्दै गएको छ ।अन्य क्षेत्रमा कर्जाको माग सुस्त हुँदा पनि सेयर बजारमा जाने कर्जा भने घटेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनासम्म सेयर धितोमा १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कर्जा दिएका छन् । असार मसान्तसम्म बैंकहरुले सेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ कर्जा दिएका थिए ।

यस्तै बैंकहरुले साउन महिनामा मात्रै सेयर धितोमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँको मार्जिन प्रकृतिको सेयर धितो कर्जा दिएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार साउनसम्ममा एक करोड रुपैयाँ भन्दा बढीको सेयर धितो १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । एक करोड माथीको कर्जा साउन एक महिनामा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ प्रवाह भएको छ ।

५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा १६ अर्ब ९१ करोड ७४ लााख रुपैयाँ प्रवाह भएको छ । साउनमा मात्रै ८८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ प्रवाह भएको छ२५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ प्रवाह भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime