Skip to content

स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ प्रतिशत

nabil bank

म्याड्रिड । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पुर्याएको छ ।

अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गरे ।

‘यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,’ उनले भने । स्पेन सन् २०२४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि हुने विकसित देश बनेको थियो र सन् २०२५ मा पनि यो गति कायम रहने अपेक्षा गरिएको छ ।

स्पेनको केन्द्रीय बैंकले पनि २०२५ को आर्थिक वृद्धिको पूर्वानुमान २.४ प्रतिशतबाट बढाएर २.६ प्रतिशतमा पुर्याएको छ । बैंकले उत्पादन र मागमा देखिएको स्थायित्वलाई यसको मुख्य कारण मानेको छ ।

सन् २०२५ को दोस्रो त्रैमासिकमा स्पेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको थियो, जुन युरोजोनको औसत ०.१ प्रतिशतभन्दा धेरैमाथि हो। स्पेनको अर्थतन्त्र सन् २०२४ मा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime