Skip to content

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । बुङ्गल हाइड्रो पावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ ।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १७ करोड १ लाख ५० हजार रुपैयाँको १७ लाख १ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ताका लागि आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये ३२ हजार ६३८ आवेदन रद्द भएको कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएको छ ।

आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट भएको छ । जसमा १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आईपीओको नतिजा बुङ्गल हाइड्रो, बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा सिडिएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेवसाइट मार्फत थाहा पाउन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime