Skip to content

सेयर बजारमा ६ प्रतिशत नकारात्मक सर्किट लाग्दा यी कम्पनीका लगानीकर्ताले कमाए

nabil bank

काठमाडौं । आज सेयर बजार ६ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ ।

बजारमा ६ प्रतिशत नकारात्मक सर्किट लागेपनि ९ वटा कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । आजको कारोबारमा २१७ कम्पनीको सेयर मूल्य राताम्मे भएको छ ।

कमाउने ९ कम्पनीमा एसियन हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, हिमस्टार ऊर्जा कम्पनी, खानीखोला हाइड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था, रावा इनर्जी र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime