काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस सेयर १३.५३ प्रतिशत कर सहित ४.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्