काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।न्यौपानेले आज राजीनामा दिएको बताएका हुन् ।
न्यौपानेले स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिएको बैंकका सूचना अधिकारी अर्जुनराज खनियाँले बताए ।
न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ । न्यौपाने २०७९ कात्तिकमा चार बर्षका लागि दोस्रो पटक सीईओमा नियुक्त भएका थिए ।






प्रतिक्रिया दिनुहोस्