Skip to content

सेयर बजारले रुचाएन जेनजी सत्ता परिवर्तन, ६ प्रतिशत नकारात्मक सर्किट लागेपछि आजका लागि कारोबार बन्द

nabil bank

काठमाडौं । सेयर बजारमा ६ प्रतिशतले नकारात्मक सर्किट लागेको छ । बजारमा ६ प्रतिशतले नकारात्मक सर्किट लागेपछि आजका लागि कारोबार बन्द भएको हो ।

जेनजी आन्दोलनले भएको सत्ता परिवर्तनको प्रभाव सेयर बजारमा देखिएन ।

जेनजी आन्दोलनले भ्रष्टाचार र कुशासनको विरोध गर्दै गरेको आन्दोलनले सरकार ढल्यो । सत्ता परिवर्तन भयो । नयाँ अन्तरिम सरकार बन्यो । राष्ट्रले सेयर बजारलाई माया गर्ने नै अर्थमन्त्री पायो । जेजनी आन्दोलनका कारण करिब एक साता बन्द भएर कारोबार खुलेको पहिलो दिन नै सेयर बजारले सत्ता परिवर्तनलाई अस्वीकार गर्यो । त्यसको पुष्टि आज भएको कारोबारले समेत गर्ने जानकारहरुको तर्क छ ।

नियमित कारोबार सुरु भएको २ मिनेटमा बजार ४ प्रतिशतले घटेर २० मिनेट कारोबार स्थगन भयो । २० मिनेटपछि पुनः खुलेको बजार ५ प्रतिशतले घटेर थप ४० मिनेटका लागि कारोबार स्थगन भयो ।

जेनजी आन्दोलनपछि लागेको निषेधाज्ञा र कर्फ्युका कारण बजार करिब एक साता बन्द गरियो । अन्य सबै खुला भएपनि सेयर बजार भने उचित कारण बिना नै बन्द गरियो । यो अवधिमा नेप्सेले बजार खोल्न चोहेको भएपनि केही स्वार्थ समूहले धितोपत्र बोर्डमा दबाद दिएपछि बजार बन्द नै गरिएको थियो । बजार बन्द भएपछि कतिपय लगानीकर्ताले आफ्नो सम्पत्ति बन्धक बनाएको, सेयर कारोबार गर्न नपाएको भन्दै विरोध समेत गरेका थिए ।

करिब एक साता बन्द गरेर खुलेको बजारमा लगानीकर्ता अझै आन्दोलनको मारभा छन्, बजारमा लगानीगर्ने मनस्थितीमा छैनन् भनेर पनि केही समूहले बजार घटाएको हुनसक्ने कतिपय जानकारहरुको आंकलन छ ।

बिहीबार बजार १६०.३३ अंकले घटेर परिसूचक २५११.९१ बिन्दु कायम भएको छ । कारोबारमा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime