Skip to content

सेयर बजार बन्द गर्नु भनेको एटिएम बन्द गर्नु जस्तै हो, सबैले बढ्छ बढ्छ भन्यो भने बजार साँच्चै बढ्छः गभर्नर

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले सेयर बजार बन्द गर्नु भनेको बैंकको एटिएम मेसिन बन्द गर्नु जस्तै भएको बताएका छन् ।

उनले एटिएम मेसिनको महत्व जति हुन्छ, सेयर बजारको पनि महत्व त्यती नै हुने बताए । सुशान्त प्रधानसँग पडकास्टमा कुराकानी गर्दै उनले सेयर बजार बन्द गर्न नहुने बताए । ‘कतिपय मानिसले आफ्नो सम्पत्तिको केही रकम सेयर बजारमा लगानी गर्छन, केही रकम अन्य क्षेत्रमा लगानी गरेका हुन्छन् । कतिपय मानिस चाडपर्व मनाउन राखेका पनि हुन्छन्’ उनले भने ‘बजार बन्द गर्नु भनेको एटिएम मेसिन बन्द गर्नु जस्तै हो । किनभयो यो सेयर बजार लिक्वेड एसेट हो । सेयर बेचेपछि छिटै पैसा आउँछ ।’

उनले सामान्यतया सेयर बजार बन्द गर्ने विषयको आफु पक्षधर नभएको बताए । ‘सेयर बजारलाई सँधै चल्न दिनुपर्छ । लगानीकर्ताले आफै सम्हालिएर मूल्य तय गर्छन’ उनले भने ‘नेपालमा विभिन्न समयमा बजार बन्द गर्ने प्रचलन छ । केही समस्या आएको बेला सुरुका केही दिन बजारमा ‘सक’ भएपनि पछि ‘रिबाउन्ड’ गर्छ ।’ गभर्नर पौडेलले बैंक ब्याजदर र देशको आर्थिक अवस्थाले बजारलाई डोराउने बताए ।

उनले ब्याजदर बढेको समयमा बजारमा गिरावट आउने, जब अर्थतन्त्र सिथिल हुन्छ, तब बजार बढ्न थाल्ने उनको भनाइ छ । ‘अर्थतन्त्र सिथिल हुँदा लगानी गर्ने ठाँउ धेरै हुँदैन भनेर मानिसले सेयरमा लगानी गरौन भनेर लगानी गरे भने बजार ह्वात्तै बढ्छ’ उनले भने ‘त्यसैैले अर्थतन्त्र सिथिल हुँदा बजार बढ्छ । कतिपय अवस्थामा अर्थतन्त्र राम्रो हुँदा पनि बजार घट्ने सम्भावना हुन्छ । यो सबै भनेको ब्याजदरको कारण हो ।’

उनले फरक प्रसङ्गमा सेयर बजारलाई अर्थतन्त्रकोे ऐना भन्नु भन्दा पनि त्यसलाई कसरी ब्याख्या गर्न सकिन्छ भन्नेमा भर पर्ने उनको तर्क छ । ‘अर्थतन्त्र चलायमान नहुँदा, भुकम्पपछि, कोरोनाको समयमा सेयर बजार बढेको थियो । अन्यत्र लगानी गर्ने ठाँउ छैन । बैैंकमा राखे ब्याज आउँदैन । त्यही भएर बजारमा लगानी गर्ने प्रचलन छ’ उनले भने ‘कुनै बेला सबैले बजार बढ्छ बढ्छ भनेदेखि बजार साँच्चै बढ्छ ।’ तर बजार त्यसपछि के हुन्छ भन्नेमा भर नहुने उनको भनाइ छ ।

राष्ट्र बैंकको नजरमा हेर्दा सेयर बजार घट्ने, बढ्ने भन्दा बजार स्वस्थ रुपमा सुचारु हुनुपर्ने गभर्नर पौडेलको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime