काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी थियो। आज चाँदी २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्