काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैँकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरे ।
छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले परिवर्तित समयमा युवाहरुको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।
मन्त्री खनालले उर्जा¸ भौतिक पूर्वाधार¸ खानेपानी तथा विभिन्न विकास आयोजना लगायतका क्षेत्रमा एशियाली विकास बैँकले महत्वपूर्ण भूमिका खेलेको विषय उल्लेख गर्दै चालु आयोजनाहरुलाई निरन्तरता दिन आग्रह गरे ।
एशियाली विकास बैँकका कन्ट्री डाईरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्