Skip to content

विद्युत प्राधिकरणबाट हटाइएका शाक्यले ऊर्जा आयोगमा कति बुझ्छन् मासिक तलब भत्ता ?

nabil bank

काठमाडौं । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ ।

उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यको ठाउँमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्राधिकरणबाट हटाएर आयोगमा पुर्याइएका शाक्यलाई सचिव सरहको विज्ञ सदस्यमा नियुक्त गरिएको छ । उनले पाउने सेवा सुविधान भने घटेको छैन ।

आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा रहँदा शाक्यले मासिक २ लाख ९४ हजार ९२० रुपैयाँ पारिश्रमिक पाउनेछन् । जसमा मासिक तलब ७३ हजार ७३० रुपैयाँ हुनेछ । यस्तै व्यवसायिक भत्ता २ लाख २१ हजार १९० रुपैयाँ हुने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime