काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात १६.२३ प्रतिशतले बढेको छ । भन्सार बिभागले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको पहिलो दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । चालु आवको पहिलो दुई महिनामा भने ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँको वस्तु आयात भएको छ ।
यस्तै, समीक्षा अवधीमा नेपालको वस्तु निर्यात ८८.५७ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासमा २५ अर्ब ९ करोड ३१ लाख तीन हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालु आवको पहिलो दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।
यसरी समीक्षा अवधीमा नेपालको कुल व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख ३६ हजार रुपियाँ पुगेको देखिएको छ, जुन गत आवको सोही अवधीको भन्दा २२.५४ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्