Skip to content

तुइनखोलामा थप ठूलो पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक पूर्णरूपमा अवरूद्ध

nabil bank

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै थप ठूलो खसेको छ । मंगलबार अपराह्न ४ः५५ मा ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सानो पहिरो निरन्तर रूपमा खसिरहेकोमा अपराह्न ५ बजेतिर ठूलो पहिरो झरेको हो। पहिरो खसिरहेका कारण उपकरण सञ्चालन गरी बाटो खुलाउन समस्या भएको छ।

यहाँ गत शुक्रबार राति ७ बजेदेखि आइतबार ४ बजेसम्म सडक पूर्ण रूपमा अवरूद्ध भएको थियो। त्यसपछि पहिरो पन्छाउँदै यातायात सञ्चालन गरिएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime