काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।
आज बसेको कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १८४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गरेको कम्पनीले लाभांश प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ । कात्तिक १० गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्