Skip to content

सुन र चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक, यस्तो छ आजको मूल्य

nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ ।  आज पनि सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गर्दै बढेको हो ।

आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ताेलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत मंगलबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ ।

बुधबारको चाँदी तोलाको २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले पनि चार दिनदेखि निरन्तर रेकर्ड ब्रेक गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime