Skip to content

नेप्से कर्मचारी संघले माग्यो सीईओ र अध्यक्षको राजीनामा

nabil bank

काठमाडौं । आन्दोलनमा रहेका नेप्से कर्मचारी संघले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षको राजीनामा मागेको छ ।

मंगलबारदेखि आन्दोलनमा उत्रेको संघले आज विज्ञप्ति जारी गर्दै राजीनामा मागेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजिनामा मागेको छ ।

संघले अध्यक्ष र सीईओले राजीनामा नदिएसम्म निरन्तर विरोध कार्यक्रम जारी राख्ने जनाएको छ ।

नेप्सेका कर्मचारीले आफुले पाउनु पर्ने ५ प्रतिशत बोनस नदिएको भन्दै मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईलाई करिब १३ घन्टा नेप्सेमा बन्दी बनाएर राखेका थिए । रातको १२ बजेको समयमा प्रहरी आएर अध्यक्ष र सीईओलाई घर पठाएको थियो ।

नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयको स्वीकृत बिना ५ प्रतिशत बोनस दिन नमिल्ने भन्दै रोकेको छ । कर्मचारी भने श्रम अदालतले ५ प्रतिशत दिनु पर्छ भनेका कारण अदालतको आदेश मान्नुपर्ने पक्षमा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime