काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जेनजी आन्दोलनमा मृत्यु भएको परिवारका सदस्यलाई रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै भट्टराईले जेनजी आन्दोलनको क्रम मृत्युमा भएका व्यक्तिको परिवारका सदस्यलाई रोजगारीको व्यवस्थाका साथै उचित क्षतिपूर्ति दिनु पर्ने माग गरे ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताए । उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पदबाट अलग भएको बताए । आज पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको उनले बताए ।
उनले चुनाव अघि भ्रष्टाचारीहरूलाई कारबाही हुनुपर्ने माग गरे । अन्यथा भ्रष्ट नेताहरू नै निर्वाचित भएर आउने उनको भनाइ छ । उनले पुरानो सरकार ढाले पनि सत्ता नढलेको भन्दै शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा स्थिरता नआउने उनले तर्क छ । अन्यथा जेनजी युवाको बलिदान खेर जाने उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्