Skip to content

छुट्ला है नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्न

nabil bank

काठमाडौं । नेपाल ल्यूब आयल कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले सभा प्रयोजनका लागि असोज १२ देखि ३१ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले असोज ३१ गते ३४औँ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सभामा २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime