Skip to content

प्रधानमन्त्रीको सम्बोधन गर्ने स्थानमा देखिएन नेपालको नक्सा र राष्ट्रपतिको फोटो

nabil bank

काठमाडौं । प्रधानमन्त्रीको सम्बोधन गर्ने स्थानमा राखिएको नेपालको नक्सा र राष्ट्रपतिको फोटो हटाइएको छ ।

यस अघि प्रधानमन्त्रीले सम्बोधन गर्दा नेपालको नक्सा, राष्ट्रपति र प्रधानमन्त्री फोटो राखेको देखिन्थ्यो । बिहीबार अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दा उक्त ठाउँमा फोटो देखिएको छैन ।

यसअघिका यस्ता सम्बोधन तथा सबै सरकारी निकायमा लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत भएको नेपालको नक्सा, राष्ट्रपतिको तस्विर हुने गरेको थियो । यो पटक प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधन स्थलमा नेपालको नक्सा र राष्ट्रपतिको तस्विर देखिएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime