Skip to content

दसैं, तिहार र छठ पर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, ४० पटकसम्म जम्मा गर्न पाउने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा बृद्धि गरेको छ ।

हाल प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था छ ।

बडा दशैंको शुभ अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ देखि १० गते सम्म ४० पटकसम्म रकम जम्मा गर्न सकिने छ ।

यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime